Pages

Pages

Plz Feel free to comment..

Tuesday, February 28, 2012

बिगतलाई कोट्याउदा


खै मित्रहरु कहाँ गये ति दिनहरु 
एकले अर्कालाई समर्थन गरेका ति पलहरु
 राम्रो नराम्रो केही नभनिकन
 आफ्नो स्वार्थिपन नसोचिकन गरेका निर्णयहरु 

खै कहाँ गये ति साथहरु
 दोलालघाट जस्तो खोला तर्न बाधेका हातहरु 
एउटा साथी बेहोशिमा लडदा
साहारा बनी दिएका ति काधहरु 

खै कहाँ गये ति खुशीका दिनहरु 
लगातार फुटबलमा ३ बर्ष राज गर्दा
घाइते र थाकेको शरीर नभनी  
धुलिखेलको कोदोसङै गाएका ति जितका गीतहरु

खै कहाँ गये ति सम्पूर्ण दिनहरु 
एकले अर्कोको खुट्टा तान्ने शब्दहरु
एउटाले नपढ्दा १९ले नपढे जसरी  
म हैन हामी भनी ब्यक्त गरेका भावहरु

आजको दिनमा अाइपुग्दा सोच्दै छु  
खै मित्रहरु कहाँ गये ति दिनहरु 
कस्ता कस्ता मास्टरलाई रुवाउन सफल 
हामी जस्तो कोही छैन भन्ने देखाएका अनुहारहरु

0 comments:

Unicode Converter